स्वयम्भूमा साताव्यापी सांस्कृतिक कार्यक्रम
काठमाडौं, पुस १७
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको सभापतित्वममा बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तूपा र यस वरपर रहेका मौलिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहर, सम्पदा र संस्कृतिहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गरी आन्तरिक तथा बाह्य् पर्यटकहरुलाई आकर्षित गर्न प्रभावकारी सुरक्षा व्यवस्थापनमा सामुदायिक सहभागिता अभिवृद्धिका लागि काठमाडौं महानगरपलिका १५ समितिद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कार्यक्रमबारेमा चर्चा गर्दै यसको माध्यमबाट काठमाडौं महानगर सहयोगापेक्षी मुक्त बनाउन सबै पक्ष संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी सझेदारीअन्तर्गतको यस कार्यक्रमको माध्यमबाट समुदायमा प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । समुदायमा हुने विभिन्न किसिमका अपराधहरूको रोकथामको लागि प्रहरी सदैव जनतामा समर्पित रहेको चर्चा गर्दै कार्यक्रमको माध्यमबाट नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन अझै तत्पर भई लाग्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।
प्रदेश नम्बर ३ का सांसद जीवनराम श्रेष्ठले समुदाय–प्रहरी साझेदारीको माध्यमबाट नै जनतामा चेतना अभिवृद्धि गर्न सकिने र आगामी दिनमा यस्ता कार्यक्रमको माध्यमबाट सामाजमा हुन सक्ने अपराधको रोकथाम गर्न प्रहरी र जनता संयुक्त रुपमा लाग्नुपर्ने बताए । काठमाडौं महानगरपालिका १५ नम्बर वडा कार्यालयका प्रमुख ईश्वरमान डंगोलले कार्यक्रमबारे जानकारी दिएको उक्त कार्यक्रममा सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु लगायत स्थानीय व्यक्तिहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पुस २२ गतेसम्म संचालनमा रहने महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया