उमेर हद पुगेका स्वयंसेविकालाई भीमदत्तले एक लाख दिने

कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले उमेरको हद लागेका महिला स्वास्थ्य स्वयसेविकालाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकामार्फत स्वास्थ्य क्षेत्रमा सेवा गरिरहेका स्वयंसेविकालाई घर जाने बेला एक लाख रुपैयाँ सहयोग गर्ने भएको हो । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उमेर हदका लागि स्वास्थ्य स्वयम सेविका कामबाट बाहिरिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर जाने बेला एक लाख आर्थिक प्याकेज दिने घोषणा गरेका हुन ।
‘स्वास्थ्य क्षेत्र सुधारका लागि निःस्वार्थ भएर काम गर्ने महिला स्वास्थ्य स्वयसेविका उमेर हदका कारण घर जानुपर्ने अवस्थामा नगरपालिकाले योगदानको कदर गर्छ’, ‘मेयर विष्टले भने, ‘सोबापत नगरपालिकाले कम्तिमा स्थानीयका सरकारका तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्छ ।’ यस बारेमा कार्यविधि बनाएर भीमदत्त नगरपालिकाले कुनै पनि महिला स्वास्थ्य स्वयसेविका घर जाने बेला रित्तो हात लिएर जानुपर्ने बाध्यता नरहने मेयर विष्टले बताए ।
नगरपालिकाले कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि अहमभूमिका निर्वाह गर्ने नगरभरकै १सय ५१ महिला स्वास्थ्य स्वयंसेविकालाई समेत सम्मान गरेको थियो । भीमदत्त नगरपालिका क्षेत्रका कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले नगर प्रमुखले घोषणा गरेको कार्यक्रमबाट हर्षित भएका छन । निःस्वार्थ भावनाले ग्रामीण भेगमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उच्च रहे पनि राज्यबाट उनीहरुको वृत्तिविकासका कुनै ठोस योजना नल्याएको परिप्रेक्ष्यमा भीमदत्त नगरपालिकाले अघि सारेको निर्णयबाट घर जाने बेला महिला स्वास्थ्य स्वयंसेविका राहत आभास गर्नेछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया