सगरमाथा राष्ट्रिय निकुञ्जमा पहिलो चार महिनामा पर्यटन आवागमन तीन प्रतिशतमा सीमित

सोलुखुम्बु ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटन आवागमन तीन प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ८८ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । कोरोना कहरका बीच चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा १ सय ३३ जना विदेशी र ५ सय ५५ जना स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोज महिनामा १ सय ४६ स्वदेशी तथा २५ जना विदेशीले भ्रमण गरेका थिए भने कात्तिक महिनामा ४ सय ९ जना स्वदेशी तथा १ सय ८ जना विदेशी पर्यटकले भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा १७ हजार ५ सय ६६ विदेशी र ४ सय ८८ स्वदेशी गरी १८ हजार ५४ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको छ ।
यसरी हेर्दा गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालू आर्थिक वर्षमा पर्यटक आगमन तीन प्रतिशतमा खुम्चिएको उपाध्यायको भनाइ छ । कोरोना महामारीका कारण पछिल्लो समय खुम्बु क्षेत्रमा विदेशी पर्यटकको आवागमन शून्यप्रायः रहेको छ । आम्दानीको मुख्य स्रोत नै पर्यटन व्यवसाय रहेको खुम्बु क्षेत्रको आर्थिक अवस्था सुनसानजस्तै बनेको व्यवसायीको भनाइ छ । सरकारले पर्यटन व्यवसायीलाई राहतको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- संसारमा थपिए छ सय १० नयाँ अर्बपति
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया