Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोह्रखुट्टेमा ‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’को शाखा विस्तार

सोह्रखुट्टेमा ‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’को शाखा विस्तार


काठमाडौं ।
‘द स्पाइस लन्ज रेष्टुरेन्ट एण्ड बार’ले काठमाडौंको सोह्रखुट्टेमा शाखा विस्तार गरेको छ । सन् २०१५ बुटवलबाट सुरु भएको द स्पाइस लन्जले स्थापनाको दुई वर्षपछि काठमाडौंको मीनभवनमा आफ्नो शाखा विस्तार गरेको थियो । विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरेको बेलामा पनि द स्पाइस लन्जले सोह्रखुटेमा आफ्नो शाखा विस्तार गर्न लागेको हो । आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोह्रखुटे नयाँ बजारस्थित यस शाखामा प्रशस्त ठाउँ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिनेछ । यस शाखाको सुरुवात शुक्रबारबाट हुने द स्पाइस लन्जले जनाएको छ ।

पारिवारिक वातावरण एवं राम्रो अनि छिटोछरितो र सुपथ मूल्यमा आफ्नो ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनेत अनि लगावका साथ अगाडि बढदै द स्पाइस लन्जले विगत पाँच वर्षमा आफ्नो रेष्टुरेन्टमा करिब दुई सयभन्दा बढी कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु प्नि सम्पन्न गरिसकेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम विमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरुमाझ निकै प्रसिद्ध भइरहेको युट्युब च्यानल नेप–ग्याजमको स्टाण्डप कमेडीजस्ता कार्यक्रहरु पनि द स्पाइस लन्जमा सुट हुने गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया