Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनागरिकले महशुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गर्छु : नायव महानिरीक्षक पोखरेल

नागरिकले महशुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गर्छु : नायव महानिरीक्षक पोखरेल


काठमाडौं पुस १८
उपत्यकाको शान्ति सुरक्षामा कुनै पनि कसर बाँकी नराखी नागरिकले प्रत्यक्ष महसशुस गर्नेगरी प्रहरीले शान्ति सुरक्षा प्रवर्धन गर्ने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका १३ समुदाय प्रहरी वडा समितिले बिहीबार कालीमाटी व्याङ्क्वेटमा आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुुन् ।

पोखरेलले समुदायसँग प्रहरीले हरेक कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने तर त्यसको गलत फाइदा उठाउन खोजी कानुन हातमा लिई अराजक गर्ने कसैलाई पनि नछाडि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलीभूत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभूत कुराहरू कानुनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यावसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने बताए । महानगरीय प्रहरीको जिम्मेवारी पाउनु अवसर र चुनौती दुवैको रूपमा आफूले लिएको बताउँदै उपत्यकालाई शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी सम्हालेदेखि नै रातको समयमा पनि आफू स्वयं विभिन्न ठाउँमा खटिने गरेको बताएका छन् ।

कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्ति सुरक्षामा उपलब्धि हासिल गरेको घटनाको स्मरण गराउँदै नागरिकको सूचनाले नै अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुनाले समयमै सूचना दिन आग्रह गरे । शंकास्पद ठाउँहरूमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्यूनीकरणको लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटी, सामुदायिक सेवा केन्द्र कुलेश्वरको सहआयोजनामा सञ्चालन भएको कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा न. १३ का वडा सदस्य एवं समुदाय प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, समासेवी नागरिकहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया