Techie IT
×
गृहपृष्ठनेपालद्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा सेनालाई

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा सेनालाई


काठमाडौं ।
नेपाल टेलिकम र काठमाडौं तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको छ । राजधानीलाई तराईसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ किमि) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच शुक्रबार एक सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका थिए । विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्नेछ । साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजनलगायतका कार्य पनि टेलिकमका तर्फबाट निरन्तर गरिने टेलिकमले जनाएको छ ।



तपाईको प्रतिक्रिया