Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचलचित्र निर्माण ठप्प भएपछि म्युजिक भिडियोमा व्यस्त नायक केसीले पाए अवार्ड

चलचित्र निर्माण ठप्प भएपछि म्युजिक भिडियोमा व्यस्त नायक केसीले पाए अवार्ड


काठमाडौं ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण चलचित्र क्षेत्रको निर्माण ठप्प भएपछि म्युुजिक भिडियोमा व्यस्त रहेका नायक दिनेश केसीले अर्वाड पाएका छन् । नायक केसीले पछिल्लो पटक राजधानीमा सम्पन्न ‘नेसनल पावर न्यूज म्युजिक अवार्ड २०२०’ प्राप्त गरेका हुुन् ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नायक केसी बेस्ट मोडलको उपाधिबाट सम्मानित भएका हुन् । उनले नेपाली कला क्षेत्रमा पु-याएको योगदानको कदरस्वरूप विभिन्न संघसंस्थाबाट प्रशंसापत्र, प्रमाणपत्र र अन्य पुरस्कारहरू समेत पाइसकेका छन् । ‘यस्ता सम्मानहरूले आफ्नो कर्मप्रति थप जिम्मेवारी थपिएको महसुस हुुन्छ’, नायक केसीले सम्मान ग्रहण गर्दै भने ।

दर्जन चलचित्रमा काम गरिसकेका चकलेटी नायकको रूपमा परिचित केसी ठूलो पर्दाको चलचित्र निर्माण ठप्पजस्तै हुँदा म्युजिक भिडियोमा व्यस्त हुुन थालेका हुन् । आफ्नो काममा निकै नै अब्बल रहेका नायक केसी नेपाली सिने जगतका आशालाग्दा र निर्माता, निर्देशकको रोजाइमा पर्ने कलाकार हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया