Techie IT
×
गृहपृष्ठनेपालगुल्मीमा अपाङ्ग परिचयपत्र वितरण

गुल्मीमा अपाङ्ग परिचयपत्र वितरण


गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका ७ वटा वडामा पुगेर हालसम्म दुई सय ८३ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

अपाङ्गता भएका नागरिकहरूको पहिचान गर्न, राज्यबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत अपाङ्ग परिचयपत्र वितरण गरिएको पाण्डेले बताए । पुस १५ गतेदेखि १७ गतेसम्म गाउँपालिकाले शिविरमार्फत वर्गको आधारमा ४१ जना नागरिकलाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।

अपाङ्ग परिचयपत्र पाउनेमा १५ जना पुरुष र २६ जना महिला रहेका छन् । २ जना महिला र १ पुरुष गरी ३ जना ‘क’ वर्गका रहेका छन् भने ४ जना महिला र ६ पुरुष गरी १० जना ‘ख’ वर्गका रहेका छन् । यस्तै ७ जना महिला र १४ पुरुष गरी १४ जना ‘ग’ वर्गका रहेका छन् । ३ जना महिला र २ पुरुष गरी ५ जना ‘घ’ वर्गका रहेका छन् । गाउँपालिकाले सबै नागरिकको पहिचान गरी अपाङ्गता भएकाहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरिरहेको छ ।



तपाईको प्रतिक्रिया