
काठमाडौं ।
समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचःको संयुक्त आयोजनामा शनिबार समृद्धि स्कुल बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमणपश्चात् विद्यालयमा सम्पन्न यो पहिलो रक्तदान कार्यक्रम हो ।
उक्त कार्यक्रममा ७३ जना विद्यार्थी, अभिभावक तथा स्थानीय दाताहरूले रक्तदान गरेका थिए । समृद्धि स्कुल बालाजुको क्लब २५ का विद्यार्थीहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सीईओ/प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापुलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त समारोहमा सीईओ/प्रिन्सिपल श्रेष्ठले, युवाहरूलाई स्वच्छ र स्वस्थ जीवनशैली अपनाई रक्तदानको माध्यमबाट मानवसेवा तथा जीवनदान गर्न सघाउने उद्देश्यले विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले क्लब २५ को अवधारणा ल्याएको जानकारी विद्यार्थी तथा स्वयंसेवकहरूलाई गराएका थिए ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया