Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल प्रलेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी

नेपाल प्रलेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी


काठमाडौं ।
नेपाल प्रलेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी चयन भएका छन् । एसोसिएसनको आइतबार भएको २०औँ वार्षिक साधारणसभा एवम् कार्यकारिणी समितिको निर्वाचनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै एसोसिएसनको प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला, द्वितीय उपाध्यक्ष नरेश कुमार अग्रवाल, महासचिव अशोकमान कपाली, कोषध्यक्ष हरि प्रसाद ढकाल, सचिव ईश्वर बहादुर गुरुङ र सहकोषाध्यक्षमा सुजन कुमार न्यौपाने चयन भएका छन् । यस्तै एसोसिएसनको कार्यकारिणी समिति सदस्यहरुमा गंगाराम पुडासैनी, सीता अधिकारी, सहदेव बञ्जारा, गंगा बहादुर राय (गोपाल), सञ्जीव अर्याल, प्रनिलमान सिंह प्रधान तथा मनिषमान श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभाबाट विजयी पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्कीले बधाई पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा एसोसिएसनले आर्थिक समस्याबाट ग्रसित दुई क्यान्सर पीडितहरुलाई जनही ३६ हजार रुपैयाँ र एक क्यान्सर पीडितलाई २० हजार रुपैयाँ सहयोग गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया