Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु

नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु


काठमाडौं ।
नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । योजनामा सहभागी हुनको लागि कोषको बेवसाइट एनआईके डट ओआरजी डट एनपी/होममा गएर ई–सर्भिसमा क्लिक गरी न्यू ई–सर्भिस लगइन गर्नुपर्दछ ।

लगइनपश्चात् रजिष्टर फर पेन्सन योजनामा गई वा ई–सर्भिस न्यू डट एनआईके डट ओआरजी डट एनपी/पोर्टल/स्केम एकाउन्ट ओपनिङ केवाईसी मास्टर/क्रेटमा लगइन गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरेअनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन् । यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरूले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।

यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । यसमा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रूपैँयादेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन् ।

बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरूपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुस भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात् समेत एकमुस्ट रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुस्टरूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुनआउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया