
दोलखा ।
दोलखामा एक महिलाले एक सय पाँच वर्षको उमेरमा नागरिकता लिएकी छिन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ३ की दुर्गामाया कार्कीले मंगलबार नागरिकता लिएकी हुन् । कार्कीलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले नागरिकता प्रदान गरे । दोलखाका प्रमुख जिल्ला अधिकारी शिवाकोटीका अनुसार नागरिकतामा उनको जन्म विक्रम् संवत् १९७२ भदौ १८ कायम भएको छ । वंशजका आधारमा नागरिकता दिने सिफारिससहित मेलुङ गाउँपालिका वडा नं ३ का अध्यक्ष हिरा थोकर र कार्कीको माइती पक्ष मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुमा जन्मेकी कार्कीले मेलुङ ३ मा विवाह गरेकी थिइन् । उनको विवाह कति सालमा भयो भन्ने उनलाई थाहा नभएको वडा अध्यक्ष हिरा थोकरले जानकारी दिए । कार्कीको श्रीमानको मृत्यु भएपछि छोरी साथमा लिएर उनी माइतीघरमा बस्दै आएकी थिइन् । हजुरबुबा बितेपछि हजुरआमा र आमा यतै मालुमा बस्न थालेको कार्कीका नाति स्थानीय शिक्षक बाबुराम खत्रीले बताए । माइती बस्न थालेपछि कार्कीले नागरिकता बनाउन सकेकी थिइनन् ।
मेलङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हिरा थोकरको पहलमा कार्कीको भतिजो साक्षी बसेपछि कार्कीले नागरिकता पाएकी हुन् । कार्कीका ६ जना दाजु, दिदी र भाइमध्ये कान्छो भाइ अझै छन् । कान्छो भाइले उनको उमेर बताएपछि वडा कार्यालयले नागरिकता बनाउन सिफारिस गरेको थियो ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया