Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरक क्लाइम्बिङको सम्भाव्यता अध्ययन

रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन


सोलुखुम्ब ।
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा रक क्लाइम्बिङ सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिका र स्थानीय तेण्डी शेर्पाको समन्वयमा रक क्लाइम्बिङ सेन्टरका लागि अध्ययन गरिएको हो ।

प्राविधिकको टोलीले गाउँपालिकाको बुङ, पेल्माङ, छेस्काम, गुदेल, चाचालुङलगायतका स्थानको भीरको अध्ययन गरेको अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा नेपाल पर्वतारोहण पथ प्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाले जानकारी दिए । गाउँपालिकाका विभिन्न स्थानमा रहेका सम्भावित भीरको अध्ययन गरिएको शेर्पाको भनाइ छ ।

अध्ययनका क्रममा चट्टान परीक्षण गर्दा महाकुलुङ गाउँपालिका वडा नम्बर १ बुङ र सोताङ गाउँपालिकाबीचको सिमानामा रहेको ममदी भीरमा रक क्लाइम्बिङ सेन्टर स्थापना गर्न उपयुक्त देखिएको उनले बताए । अब आवश्यक संरचना निर्माणका लागि थप तयारी गरिने बताइएको छ । तेण्डीको पहलमा विदशी दाताहरूले उपलब्ध गराएको तीन लाख ६० हजार र महाकुलुङ गाउँपालिकाको पाँच लाख बजेटमार्फत रक क्लाइम्बिङ सेन्टर स्थापना हुने जनाइएको छ ।

आन्तरिक पर्यटनलाई बढवा दिनका साथै युवालाई क्लाइम्बिङ तालिम प्रदान गरी माउन्टेनरिङ क्षेत्रलाई थप सहज बनाउन रक क्लाइम्बिङ सेन्टर स्थापना गर्न लागिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । गाउँपालिकामा प्रशस्त मात्रामा सम्भावना बोकेका भीरहरू रहेकाले त्यसको प्रयोग गरी युवाहरूलाई रोजगारी प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत आपूmहरू लागिरहेको गाउँपालिका अध्यक्ष्य किराँतीको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया