Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाघ लागेपछि बढे पर्यटक

माघ लागेपछि बढे पर्यटक


काठमाडौं ।
कोरोना भाइरसले लामो समय सुस्ताएको होटल क्षेत्रमा माघ लागेपछि आंशिक पर्यटक बढेका छन् । दोलखाको सदरमुकाम चरीकोटमा रहेका होटल तथा रेस्टुरेन्टमा माघको एक गतेदेखि नै दैनिक पर्यटक बढ्दै गएका हुन् ।

पछिल्लो समय जिल्लामा नेपाली तथा भारतीय पर्यटकहरू भित्रिनेको संख्यामा वृद्धि भएको होटल व्यवसायी संघका सदस्य पुष्कर अधिकारीले बताए । अधिकारीले सञ्चालन गरेको द रोयल होटलमा दैनिक दर्जनको हाराहारीमा पर्यटक आउने गरेका छन् । लामो समय सुस्त देखिएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि यहाँका होटल व्यवसायीहरू उत्साहित समेत भएका छन् ।

जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्य खुला भएपछि आन्तरिक पर्यटकको आगमन बढेको पावन होटल एन्ड लजका सञ्चालक राजेश उप्रेतीले जानकारी दिए । उनको होटलमा दैनिक आधा दर्जनभन्दा बढी रुम बुकिङ हुने गरेको छ ।

कालिञ्चोक र भीमेश्वर मन्दिर दर्शन गर्न आउने आन्तरिक पर्यटकको आगमनले शुक्रबार र शनिबार बजारक्षेत्रमा समेत चहलपहल देखिएको थियोे । सदरमुकाम चरीकोटबाट नजिकै रहेकोे धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक कुरीका होटलमा समेत शुक्रबार र शनिबार पर्यटक वृद्धि भएको कुरीका होटल व्यवसायी नवराज तामाङले जानकारी दिए ।

तामाङका अनुसार कालिञ्चोक दर्शनका लागि तराई क्षेत्रका तथा भारतीय नागरिकहरू आउने गरेका छन् । माघ महिनाको पछिल्लो चार दिनमा मात्रै करिब तीन हजार पाँच सय भारतीय नागरिक कालिञ्चोक घुम्न पुगेका छन् । शुक्रबार र शनिबार करिब एक हजार सय भारतीय नागरिक दोलखाको कालिञ्चोकमा भित्रिएको पाइएको छ ।

गत वर्षमा यतिबेला हिँउ खेल्न जिल्लामा प्रशस्त आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका थिए । तर यस वर्ष भने कोरोना महामारी साथै मौसम प्रतिकुलका कारण हिँउ नपर्दा पर्यटकहरू जिल्ला भित्रिएका छैनन् ।

हिँउले ढकमक्क ढोकर सेता हुने डाँडाकाडाहरू अहिले खाली छन् । पानी परे हिँउ पर्ने र पर्यटकको आगमन समेत बढ्ने हुँदा यहाँका होटल व्यवसायीहरू पानी पर्ने आसमा समेत बसेका छन् । विगतमा मंसिरदेखि नै दोलखामा हिँउ पर्नेगरे पनि यसवर्ष भने माघको पहिलो हप्तामा आइपुग्दा समेत हिँउ परेको छैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया