इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित

काठमाडौं ।
इन्टिग्रिटी आइकन नेपाल २०२० बाट पाँच जना कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा नेपालगञ्ज स्वास्थ्य चौकी, बाँकेकी जनस्वास्थ्य निरीक्षक आरती थारु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश, बुटवलका महाशाखा प्रमुख दिपक ज्ञवाली, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख हेम बहादुर आले मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामकी अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यमिक विद्यालय, धादिङका शिक्षक नविनबन्धु पहाडी रहेका छन् ।
कोभिड–१९ को जोखिम कायमै रहेकोले यस वर्षको सम्मान कार्यक्रम सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । ५० जना प्रत्यक्ष सहभागी रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारणमा ५० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए । पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो ।
एक हजार पाँँच सयभन्दा बढी मनोनयनमध्ये पाँच जना उत्कृष्ट कर्मचारीलाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको छ । भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमानदार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु भएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा विश्वका १२ वटा देशमा विस्तारित भइसकेको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया