Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा निजी आवास पुनर्निर्माणको कार्य १२ प्रतिशत बाँकी

सोलुखुम्बुमा निजी आवास पुनर्निर्माणको कार्य १२ प्रतिशत बाँकी


सोलुखुम्बु ।
सोलुखुम्बुमा भूकम्पपछिको पुनर्निर्माणको कार्य १२ प्रतिशत मात्रै बाँकी रहेको बताइएको छ । विसं २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माण कार्य ८७ दशमलव २५ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिरण सोलुखुम्बुले जनाएको छ । जिल्लाका कुल १३ हजार छ सय ७७ जना लाभग्राहीमध्ये १० हजार आठ सय ४९ ले पुनर्निर्माण सम्पन्न गरी अन्तिम किस्ताको रकम समेत बुझिसकेको कार्यालयका सूचना अधिकारी बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लाका ३६ वटा गुम्बाहरू प्रबलीकरण गरिएको छ भने एउटाको काम भइरहेको छ । प्राधिकरणको पाँचवर्षे कार्यकाल एक महिनाअघि नै सकिएर पुनः एक वर्ष समय थप गरिएको छ । सोलुखुम्बुमा थपिएको समयअगावै पुनर्निर्माण सक्ने लक्ष्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले पुनर्निर्माणको क्रममा प्राधिकरणले स्थानीय तहसँग समन्वय गर्न नसकेको गुनासो गरेका छन् । निजी आवास पुनर्निर्माणको चालू कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर शेर्पाले नगरपालिकाको क्षेत्राअधिकारभित्रको कार्यक्रमको समेत नगरपालिकालाई बाइपास गरिँदा शंका उत्पन्न भएको आरोप लगाए । यस्तै नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले पुनर्निर्माणको काममा जिल्लाका जनप्रतिनिधिले सक्दो सहयोग गरे पनि कर्मचारीले गलत रूपबाट लिएको आरोप लगाए ।

जिल्लामा आएका कर्मचारीहरूले सोलुखुम्बु भन्नेबित्तिकै हिमाल चड्ने ठाउँको रूपमा मात्रै बुझ्ने भएकाले केही गलत कामहरू समेत भएको उनेको भनाइ थियो । यस्तै माप्यदुधकोशी गाउँपालिका उपाअध्यक्ष जुनितामाया मगरले वास्तविक भूकम्पपीडित अझै लाभग्राही सूचीमा आउन नसकेको बताउँदै त्यसतर्फ प्राधिकरणको ध्यान जानुपर्ने बताइन । प्राधिकरणको इन्जिनियहरूको लापरबाहीका कारण पीडितले अनुदान पाउन नसकेको उनको दाबी छ ।

जिल्ला समन्वय समितिका सदस्य तथा कार्यवाहक प्रमुख दाडोमा शेर्पाले पुनरावेदन गर्ने पीडितहरू अन्यायमा परेको बताइन् । लाभग्राही सूचीमा समावेश नभएपछि हजारौँ खर्च गरेर सदरमुकामसम्म पुनरावेदन गर्न आए पनि प्राधिकरणले ढिला गरी फैसला गर्दा समस्या भइरहेको उनको भनाइ छ । प्राधिकरणका उपसचिव रामसरण सापकोटाले निजी आवास पुनर्निर्माणमा सोलुखुम्बुको प्रगति उल्लेखनीय रहेको बताए । हिमाली जिल्ला सोलुखुम्बुमा साधनस्रोत अभावलगायतका चुनौतीका बाबजुत पनि पुनर्निर्माण सन्तोषजनक पाइएको उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया