Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालथलारामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल

थलारामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल


बझाङ ।
थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका ४ ठिङमा राखिएका तीनवटा वायु पंखाबाट विद्युत् परीक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो ।

संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको एक करोड २४ लाखमा निर्माण भएको उक्त आयोजनाले वडा नम्बर ४ र अन्य वडाका विभिन्न गाउँ उज्यालो बनाउने लक्ष्य राखिएको छ । अहिले विद्युत् उत्पादन भए पनि लाइन विस्तारका लागि पोल र तार नहुँदा वितरण गरिएको छैन । लाइन विस्तारका लागि डेढ करोड लाग्ने र जुन समुदायबाट जनश्रमदान गर्नुपर्ने प्रावधान रहेको छ ।

संविधानसभा सदस्य रावलले स्थानीयबाट रकम जम्मा नहुने देखिएपछि गाउँपालिकालगायतका स्रोतहरूको खोजी भइरहेको बताए । पोलका लागि टेन्डर भए पनि तार जलविद्युत्को भन्दा फरक हुने भएकाले समस्या भएको रावलले बताए । ठिङमा निरन्तर हावा बहने हुँदा विद्युत् उत्पादनको राम्रो सम्भावना भएको कारण हावाबाट बिजुुली निकाल्न प्रयास सफल भएपछि स्थानीय खुसी भएको थलाराका महेश थापाले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया