Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघ र मिडिया एलाएन्सबीच सहमति

महासंघ र मिडिया एलाएन्सबीच सहमति


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । महासंघ सचिवालयमा बुधबार आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच सहकार्य गर्ने सहमति भएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा आएको मिडिया एलाएन्सको प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने समेत सहमति भएको छ ।

उक्त कार्यदलले दुवै क्षेत्र अर्थात् उद्योग व्यवसाय र मिडिया क्षेत्रका मूलमुद्दाहरूको पहिचान गरी एकअर्कामा सहयोग गर्ने, संस्थागत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवर्द्धनलगायतका विषयमा काम गर्नेछ भने सो सम्बन्धमा दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

बैठकमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कंडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाईं, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया