परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं ।
नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न परिसंघले अनुमति पाएको हो ।
परिसंघले अब भारतलगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधैँ स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिँदै आइरहेको जनाएको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवर्द्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवर्द्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आबद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मुलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- शिथिल अर्थतन्त्र उकास्ने एउटै उपाय
- निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा जोड
- शाओमीले नेपालमा एमआई टिभी स्टिक ल्याउने
- सेलपेको ‘नयाँ वर्ष २०७८ पाइन्छ उपहार हप्तैभर’ योजना
- जनरल इन्स्योरेन्सको कामुु प्रमुख कार्यकारीमा श्रेष्ठ
- नयाँ वर्षमा एनसेलको डबल योजना
- आईएमई जनरल इन्स्योरेन्सको सेयर दाखिला बन्द हुने
- कुमारी क्यापिटलको ‘अनलाइन डिम्याट खाता तथा लगानी मेला–२०७८’
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
तपाईको प्रतिक्रिया