Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवीर गणेशमान सिंह सडक दौड आयोजना हुने

वीर गणेशमान सिंह सडक दौड आयोजना हुने


काठमाडौं ।
वीर गणेशमान सिंह स्पोर्टस कमिटीले आगामी चैत ७ गते शनिबार काठमाडौंमा ‘वीर गणेशमान सिह सेकेन्ड दश हजार रोड रेस’ आयोजना गर्ने भएको छ । काठमाडौंमा भएको कार्यक्रममा आयोजकका संयोजक सञ्जीव तुलाधारले सो कुराको जानकारी गराएका हुन् ।

प्रतियोगिताका महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई चार हजारबराबरको गिफ्टह्याम्पर प्रदान गरिनेछ ।

साथै नयाँ कोर्स रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई नगद १० हजार रुपैयाँले पूरस्कृत गरिनेछ । रुट फेसन प्रालि (एडिडास) प्रायोजक रहेको प्रतियोगितामा अनुमानित बजेट १२ लाख रहेको आयोजकले बताएको छ । साथै २०७८ वैशाख अन्तिम साता वीर गणेशमान सिंह राष्ट्रिय फेन्सीडग प्रतियोगिता आयोजना हुनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया