Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशैक्षिक अक्षयकोषको स्थापना

शैक्षिक अक्षयकोषको स्थापना


दोलखा ।
गरिब तथा विपन्न विद्यार्थीको हितमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्माले शैक्षिक अक्षयकोषको स्थापना गरेका छन् । दोलखाको मेलुङ गाउँपालिकाभित्रका छवटा सामुदायिक विद्यालयमा उनले आफ्नो स्वर्गीय पिता हरिशंकर उपाध्यायको नाममा शैक्षिक अक्षकोष स्थापना गरेका हुन् ।

गाउँपालिकाभित्र रहेका गरिब जेहेन्दार तथा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागि अक्षयकोष स्थापना गरेको शर्माले बताए । मेलुङ गाउँपालिका भित्ररहेका ११ वटा विद्यालयमा अक्षयकोषको स्थापना गर्ने योजनाअनुसार छवटा विद्यालयमा कोषको स्थापना गरिसकेको उनले बताए । बाँकी पाँचवटा विद्यालयमा पनि चाँडै स्थापना गर्ने उनको भनाइ छ ।

लक्ष्मी मावि घ्याङ, भुमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, कालिका मावि सुकाठोकर, सत्यश्वर मावि पवटी र त्रिभुवन मावि मेलुङमा अक्षयकोष स्थापना गरिएको छ । अक्षकोष स्थापना गरिएको विद्यालयमध्ये पाँचवटामा एक लाख पाँच हजार रूपैयाँ र त्रिभुवन मावि मेलुङमा एक लाख ५१ हजार रूपैयाँको कोष स्थापना गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया