Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा एक पक्राउ

जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा एक पक्राउ


बैतडी ।
दोगडाकेदार गाउँपालिका ७ बस्ने करिब १८ वर्षीया भागरथी भट्टलाई जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरिएको हो ।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएको र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा उनी माघ २२ गते दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडकछेउभन्दा करिब ३० मिटर तल भेटिएको थियो ।

प्रहरीका अनुसार उनको टाउकोमा चोट लाग्नुको साथै घाँटीमा दबाएजस्तो डाम, खुट्टाको औँलामा निल डाम घाउ र योनीबाट रगतजस्तो पदार्थ बगेको अवस्थामा उनी फेला परेकी थिइन् । उक्त घटनाको सूक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरूसँग खोचलेकतर्फ गएको र साथीहरूलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको पाइएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया