Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबेसार पिस्ने मेसिन प्रयोगविहीन

बेसार पिस्ने मेसिन प्रयोगविहीन


सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा करिब तीन वर्षअघि ल्याइएको बेसार पिस्ने मेसिन प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोनमार्फत प्राप्त भएको १६ लाख बजेटको त्यो मेसिन प्रयोगविहीन बनेको हो ।

सरकारी निकायले वितरण गरिएको औजार प्रयोगमा आउन नसक्दा स्थानीय सेवा लिनबाट वञ्चित समेत बनेका छन् । नेचामा अदुवा तथा बेसार प्रशस्त मात्रामा उत्पादन हुने भएकाले उत्पादित बेसारलाई औधोगिकीकरण गर्नका लागि विसं २०७४ सालमा बेसार पिस्ने मेसिन ल्याइएको थियो । तर उक्त मेसिन प्रयोगमा आउने कुरा एकादेशको कथाजस्तै बनेको नेचाका चित्रप्रसाद कट्टेलले बताए । मेसिनको प्रयोग गरेर स्थानीयलयलाई सहजता हुनुपर्ने भए पनि लामो समयदेखि यो मेसिन प्रयोगमा नआउँदा स्थानीयलाई समस्या हुनुका साथै राज्यको लगानी समेत बालुवामा पानी हालेझैँ भएको छ ।

मेसिनको केही पार्टपुर्जाको अवस्था ठीकै रहे पनि कतिपयमा भने खिया लागेर नचल्ने अवस्थामा पुगेका छन् । गाउँमै मेसिन आउँदा खुशी लागेको भए पनि कार्यान्वयनमा आउन नसक्दा सरकारी सम्पत्तिको दुरुपयोग भएको गाउँपालिकाको वडा नम्बर ४ बेतघारीका बालकृष्ण कट्टेललेको भनाइ छ । यसको सदुपयोग गरेर प्रयोगमा ल्याउनुपर्ने उनले बताए । परियोजनाले पाँचवटा जेनेरेटर, चारवटा कटिङ मेसिन (स्लाइसर), एउटा सुकाउने मेसिन (सोलार ड्रायर), एउटा धुने मेसिन र डिजिटल तौलने मेसिन वितरण गरेको थियो ।

मेसिन सञ्चालनमा नआउनुको मुख्य कारण विद्युत् अभाव रहेकाले अबको केही समयबाटै सञ्चालनमा ल्याउने अदुवा बेसार जोनका तत्कालीन अध्यक्ष लोचनकुमार शर्माको भनाइ छ । विद्युत्को समस्या समाधान समाधान हुनेबित्तिकै मेसिन प्रयोगमा आउने उनको भनाइ छ । अहिले गाउँपालिकामा विद्युत् विस्तारको काम भइरहेकाले छिट्टै समस्या समाधान हुने उनको विश्वास रहेको छ ।

लाखौँ खर्च गरेर ल्याइएका मेसिन प्रयोगमा नआउँदा एकातिर किसानले उत्पादन गरेको बेसार खेर गइरहेको छ भने मेसिन समेत प्रयोगमा नआउँदा काम नलाग्ने अवस्थामा पुग्ने अवस्था देखिएको छ । यसको प्रयोगले अनुदानको रकमको प्रयोग गरी किसानलाई समेत राहत दिनतर्फ सबै सरकार लागेमा यसको सही सदुपयोग हुने स्थानीयको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया