गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य

काठमाडौं ।
पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने बताए । शैक्षिक संघ/संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने भन्दै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरेबापत प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासका लागि नगरपालिकाका शैक्षिक संस्थाहरूलाई सशक्त बनाउँदै लैजाने बताए । चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिकाबारे चर्चा गरेका थिए । सोही अवसरमा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्वविद्यार्थी समेत रहेका समता स्कुलका सञ्चालक उत्तम सञ्जेल, कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई सम्मान गरेका थिए ।
यसैबीच मञ्चको शनिबारै सम्पन्न पहिलो साधारणसभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्वयमा क्रमशः रत्नमान लामा र नवराज पुडासैनी, सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे चयन भएका छन् । सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन भए । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये एक मानिन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया