नर्भिक अस्पतालको अत्याधुनिक ओपीडी आधुनिक स्वरुपमा

काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी)को पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवाहरुलाई डिजिटाइज्ड गरेको छ । विश्वस्तरीय नयाँ ओपीडीको सञ्चालन आइतबारदेखि औपचारिक रुपमा थालिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपीडीबाट सुरुवात गरेको हो ।
अत्याधुनिक ओपीडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजिटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपीडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले जानकारी दिइन् ।
अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । अत्याधुनिक ओपीडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनुपर्दैन । आरामदायी ढंगले वातानुकूलित र स्तरीय प्रतीक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ । यस्तै, कुनै डाक्टरको अपोइन्टमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै बसे पुग्छ, लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न ।
नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि तीनवटा स्तरीय कोठा समेत त्यहीँ तयार गरेको छ । ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपीडी इञ्चार्जको रुम पनि सँगै राखिएको छ । आफ्ना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक कन्सल्ट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजिटल बोर्ड समेत राखिएको छ ।
नर्भिकले हाल ओपीडीको मात्र विश्वस्तरीय रुपमा पुनर्निर्माण र डिजिटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटाइज्ड बनाउने योजना बनाएको छ । पूर्ण डिजिटाइज्ड स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकले आफ्नै मोबाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पु-याएको छ । त्यसपछि बिरामीहरुले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नुपर्दैन, एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन् ।
नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले देशकै स्तरीय अस्पताललाई अझ स्तरीय बनाइराख्न समयको मागअनुसार पुनर्निर्माण गरिएको बताए । बिरामीको सुविधा नर्भिकको पहिलो प्राथमिकता रहेकोले उनीहरुको सहजताका लागि आफूहरु सदैव कटिबद्ध रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया