Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविदेशमा कोरोना संक्रमणबाट थप तीन जना नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट थप तीन जना नेपालीको मृत्यु


काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या तीन सय ३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार चार सय एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार एक सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत छ । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो पोर्चुगल, फ्रान्स, यूएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । यो साता इटली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया