Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१५ करोड ३६ लाख राजस्व छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

१५ करोड ३६ लाख राजस्व छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर


काठमाडौं ।
राजस्व अनुसन्धान विभागले १५ करोड ३६ लाख ६३ हजार छ सय ७२ रूपैयाँ राजस्व छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिको मुख्य कारोबारी सुरेश कुमार राठीसहित तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

बाबा फ्लोर मिल्स प्रालि (स्था.ले.नं.३००२१७१३१)को सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालि (स्था.ले.नं. ३०३७०५९३०)को मुख्य कारोबारी विराटनगर वस्ने सुरेश कुमार राठी, बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवालविरुद्ध विभागले मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्री–आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छली गर्नुका साथै भीसीटीएसको समेत पालना नगरेको देखिएको विभागले जनाएको छ ।

उनीहरूले राजस्व छली गरेको सबै सबुद प्रमाण समेत रहेकोले उक्त फर्मको प्रोप्राइटर तथा सञ्चालकहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन – २०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो रकम १५ करोड, ३६ लाख ६३ हजार छ सय ७२ रूपैयाँ असुल उपर गरी जरिवाना र कैद सजायको मागदाबी लिई आइतबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया