Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसिरहामा सेनाको निःशुल्क स्वास्थ्यशिविर

सिरहामा सेनाको निःशुल्क स्वास्थ्यशिविर


काठमाडौं ।
नेपाली सेनाले सिरहामा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्रीशेर गण र श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाउँपालिकाको सहकार्यमा शनिबार सेनाले सिरहाको नरहा गाउँपालिकाका देवीपुर र बर्छवाका ५ वटै वडाका स्थानीय बासिन्दाहरुलाई लक्षित गरी जनता वनवालि उच्च मावि बर्छवामा एकदिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।

उक्त एकदिने निःशुल्क स्वास्थ्यशिविर कार्यक्रममा जिल्ला अस्पताल सिरहा, जानकी मेडिकल कलेज धनुषा, सगरमाथा आँखा अस्पताल र नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसहित जम्मा १६ जना स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराएको सेनाले जनाएको छ । बिरामीहरुलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सो स्वास्थ्य शिविरबाट पाँच सय ८२ जना महिला र तीन सय ७९ पुरुष गरी नौ सय ६१ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए । कार्यक्रममा स्वास्थ्यशिविरका साथै नेपाली सेनासम्बन्धी जोइन द नेपाली आर्मी, माइन रिस्क एजुकेसन र विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक प्रस्तुतीकरण समेत गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया