Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल चेम्बरको दौड प्रतियोगिता

नेपाल चेम्बरको दौड प्रतियोगिता


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औँ वार्षिकोत्सवको अवसर पारेर दौड प्रतियोगिता आयोजना गरेको छ । शनिबार बिहान सम्पन्न दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए ।

चेम्बर स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको दौड प्रतियोगितामा तीन सय १५ जना खेलाडी सहभागी थिए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलग–अलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् । यसैगरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरे ।

छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तृतीय भएका छन् । यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईँ र नेपाल आदर्श माविकी वसन्ती कुँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् । पत्रकारहरूतर्फ महानगरखबर डटकमका रमेश शाक्यले प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डंगोल, देखापढी डटकमका निकेश खत्री तृतीय भएका छन् । यस्तै व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भए । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।

पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वस्थ्य शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए । २००७ मा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताए । स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दै छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया