Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजोन्टा क्लबद्वारा महिलाहरू सम्मानित

जोन्टा क्लबद्वारा महिलाहरू सम्मानित


काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’लाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त अवार्ड समारोह नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एण्ड गाइ र गोल्छा ग्रुपको सहयोगमा सोल्टी होटल काठमाडौंमा आयोजना गरिएको थियो ।

येलो रोज डे २०२१ मा १२ जना महिलाहरूलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरूले अपवादको आफ्नो यात्राबारे बताएका थिए । जोन्टा क्लब अफ काठमाडौंले मानव र महिला तस्करीविरुद्ध लडेकी एसएसपी किरण बज्राचार्यलाई प्रिन्सेस हेलेन शाह इन्स्पिरेसनल उमन अफ द इयर, ब्लाइन्ड रक्स्की संस्थापक सृष्टि केसीलाई अमर राना गेम चेन्जर अवार्ड प्रदान गरेको छ । यस्तै कोभिडको समयमा विभिन्न माध्यमबाट सहयोग गर्ने लिल्ली थापा र आयुष्मा राणा याक्थुम्बालाई रत्नदेवी अवार्ड, सुप्रिमा पौडेल र मेलिशा घिमिरेलाई ज्योति स्कलरशिप अवार्ड प्रदान गरेको छ ।

यस्तै इन्द्रकला स्कलरशिप अवार्ड संस्कृति फुँयाल र रेजा थापालाई प्रदान गरेको छ । त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरूको शीर्षकअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने चार जना महिलाहरूको असाधारण कार्यको प्रशंसा गर्दै प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । सम्मानित हुने महिलाहरूमा सकुन्तला कुमारी बुधा, सुमित्रा श्रेष्ठ, सहनशीला शर्मा र राधिका थापा छिन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया