काठमाडौं ।
अभिनेत्री मनिषा कोइरालाले महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । बिहीबार पाटन दरबार क्षेत्रस्थित पाटन म्युजियमको प्रांगणमा उनले लोकप्रिय सांगीतिक समूह सुर सुधासँग सहकार्य गरेर गाएको महामृत्युञ्जय मन्त्रको भिडियो सार्वजनिक गरेकी हुन् ।
उनले कार्यक्रममा प्रत्यक्ष मन्त्र गाएर सुनाएकी थिइन् । उनलाई गायिका सरस्वती खत्री र सुरेन्द्र सुरसुधाले गायनमा साथ दिएका थिए । कार्यक्रममा मनिषाले आफूलाई तीन वर्षअघि नै गाउने सोच आएको बताइन् । उनले आफूले पहिलोचोटि गाएको भए पनि दर्शकले मन पराएको खण्डमा अन्य गीत पनि गाउने बताइन् । मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन् ।
पशुपतिनाथलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा छायांकन गरिएको भिडियोमा मनिषाका साथमा सरस्वती खत्री, सुरेन्द्र श्रेष्ठ तथा सुर सुधा ब्यान्डका सदस्यहरुलाई देख्न सकिन्छ । सुरेन्द्र श्रेष्ठको संगीत रहेको महामृत्युञ्जय मन्त्रमा प्रेम रानाले बाँसुरी, सुरेन्द्र श्रेष्ठले तबला, सितारमा राजीव श्रेष्ठ र गितारमा राजीव सुनारले साथ दिएका छन् ।
महामृत्युञ्जयको भिडियोमा अनुप सापकोटाको निर्देशन, परिकल्पना र सम्पादन रहेको छ । महामृत्युञ्जय मन्त्रको भिडियो प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका थिए भने विशेष अतिथिको रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति
- जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
- दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध
- सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री
- बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
- नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
- ओहोदाको प्रमाणपत्र प्रस्तुत
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया