गाउँपालिका केन्द्र जोड्ने छोटो दूरीको कृषि सडक विस्तार हुने
सुबास बस्नेत
दोलखा, पुस २५
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका चार वडालाई पायक पर्ने गरी गाउँपालिका केन्द्र जोड्ने छोटो दूरीको कृषि सडक विस्तार हुने भएको छ । पालिकाभित्रका १, २, ३ र ४ का वडालाई लक्षित गरेर छोटो दूरीको निम्कोटबेसी–पाडु कृषि सडक निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । करिब १ हजार २ सय स्थानीय किसानलाई पायक पर्ने गरी नयाँ कृषि सडक खन्न लागिएको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । सडक निर्माणको काम माघको पहिलो साताबाट सुरु हुने लामाले बताए । उनका अनुसार अहिले पालिकाका प्रतिनिधि, प्राविधिक र स्थानीय जग्गाधनीबीच छलफल गरेर सबैलाई पायक पर्ने गरी खेतको बीचबाट सडक सर्भेको काम भइरहेको छ । माघको पहिलो सातादेखि गाउँपालिकाको केन्द्र पाडुडाँडादेखि सडक खन्ने काम सुरु हुने उनले बताए ।
अहिले गाउँपालिकाको केन्द्र पुग्न मिर्गे र गैरीमुदीले करिब आठ किलोमिटर लामो दूरी यात्रा गर्नुपर्छ । निर्माण हुनलागेको कृषि सडक साँढे तीन किलोमिटरको छ । यसअघि स्थानीयले निम्कोट–लप्से–पाडु कृषि सडक निर्माणको माग गरेर गाउँपालिकालाई गत कात्तिक र मंसिर महिनामा दुईपटक निवेदन दिएका थिए । स्थानीयको गुनासो सुनेर गाउँपालिकाले सडक खन्न लाग्ने सम्पूर्ण रकम दिने भएपछि सडक निर्माण हुनलागेको निम्कोटबेसी–पाडु कृषि सडक विस्तार समितिका अध्यक्ष एम कुमार तामाङले जानकारी दिए ।
सडक विस्तार भएपछि चार वडाका दुई हजार स्थानीय कृषकले लाभ लिनेछन् । अहिले वडा नम्बर ३ को पाइलेदेखि खानीखोला नदीसम्म करिब साढे एक किलोमिटर सडक विस्तार भइसकेको छ । बाँकी निर्माण हुने सडक साढे ३ मिटरको लम्बाइ र ६ मिटर चौडाइमा हुने बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनिक तामाङले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया