Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोरङ व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ विषयक अभिमुखीकरण कार्यक्रम

मोरङ व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ विषयक अभिमुखीकरण कार्यक्रम


काठमाडौं ।
मोरङ व्यापार संघ विराटनगरमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मोरङ व्यापार संघको पहल र उद्योग संगठन मोरङको सहकार्यमा संघमा शुक्रबार आयोजित उक्त कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा निर्मित पोर्टलबारे उद्यमी व्यवसायीहरुलाई अभिमुखीकरण दिइएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारको प्रयासमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सञ्चालनमा ल्याएको उक्त पोर्टलबाट निकासीकर्ता/पैठारीकर्ता उद्योगी व्यवसायीहरुले मुलुकको निकासी पैठारी गतिविधिहरुबारे आवश्यक जानकारी विद्युतीय माध्यमबाट सहजै प्राप्त गर्नसक्ने हुँदा सो पोर्टल अत्यन्त जानकारीमूलक, लाभदायी, भरपर्दो र समय सान्दर्भिक रहेको बताए । साथै, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारद्वारा निर्मित सो पोर्टलले उद्यमी व्यवसायीहरुको समय बचत गर्न एवं अन्योल न्यूनीकरण गर्न विशेष मद्दत पुग्ने बताए ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुुरका नायव कार्यकारी निर्देशक सुयस खनालको उपस्थिति रहेको थियो भने केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले नेपाल ट्रेड इन्फर्मेसन पोर्टलको अभिमुखीकरण दिएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतमा रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले मुलुकको निकासी पैठारी गतिविधिहरुको संगालो र विश्लेषण हुने गरी उक्त पोर्टल तयार पारेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया