Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना भत्ता नपाएको भन्दै डा.मल्लिकद्वारा धर्ना

कोरोना भत्ता नपाएको भन्दै डा.मल्लिकद्वारा धर्ना


काठमाडौं ।
सिभिल हस्पिटलका मेडिकल अफिसर डा. अजित मल्लिकले सरकारले कोरोना भत्ता नदिएको भन्दै धर्नामा बसेका छन् । आफ्नो कोरोना भत्ता हराएको र पाउने महानुभावहरुले सम्पर्क गरिदिनुहोला भन्दै डा. मल्लिकले दैनिक दुईदेखि तीन घण्टा धर्ना दिनथालेका छन् ।

सरकारले कोभिड १९ विरुद्धको उपचारमा खटिएबापतको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनी धर्नामा बसेका हुन् । ‘अस्पतालको ड्युटी सकेर आफ्नो व्यक्तिगत समयमा यहाँ धर्ना दिन आएको हुँ’, डा. मल्लिक भन्छन्, ‘मेरो ड्युटी हुन्छ, म ड्युटी गर्छु, ड्युटी सकेर नियमितरुपमा यहाँ धर्नामा आउँछु । सरकारको ध्यानाकर्षण गराउनको लागि म यहाँ धर्नामा बसेको हुुँ ।’

कोरोना भत्ता नपाएसम्म दैनिक यसरी नै धर्नामा बस्ने डा. मल्लिकले बताएका छन् । अहिलेसम्म अस्पतालले कोभिड भत्ता दिने बहानामा आफूलाई आश्वासन मात्र दिने गरेको भन्दै उनले अस्पतालसमक्ष आक्रोश पोखेका छन् । ‘कोरोना उपचारको क्रममा आफै संक्रमित भएँ, आफ्नो ज्यान जोखिममा राखेर काम गरेँ तर अहिलेसम्म भत्ता पाइनँ, यो धर्ना भत्ता नपाएसम्म कायम रहन्छ’, उनले भने ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया