Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः प्रधान

नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः प्रधान


काठमाडौं ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसिएसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान विजयी भएका हुन् । साधारणसभा २० र २१ गते भएको थियो ।

निर्वाचनमा प्रधानले तीन सय दुई मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याए । विजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् । अरु सबै पदहरुमा प्रधान समूहबाट उम्मेदवारी दिएका निर्वाचित भए । आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथग्रहण समारोहपछि नवनिर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालनको लागि लाइसेन्स दिँदा वैज्ञानिक आधारमा दिनुपर्ने विषयमा एसोसिएसनले काम गर्ने बताए ।

त्यसैगरी निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ एसोसिएसनले पहल गर्ने, लागतअनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतीय स्टेसन विस्तारको लागि पहल गर्ने विषयमा एसोसिएसनले काम गर्ने बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले वैशाख ३ देखि मुलुकभर विद्युतीय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया