मानवताको लागि सहयोग नेपालको ‘कापी–कलम अभियान’ सुरु, शैक्षिक सामग्री वितरण

काठमाडौं ।
मानवताको लागि सहयोग नेपाल (एचएचएन)ले ‘कापी–कलम’ अभियान सुरु गरेको छ । गैरनाफामूलक संस्था एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान सुरु गरेको हो । यो अभियानअन्तर्गत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री तथा ईसीडी कक्षाको लागि -याक हस्तातरण गरेको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरूमा पनि यस्तो कार्यलाई निरन्तरता दिनेछौँ ।’
यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयको ईसीडी कक्षाको पुनर्निर्माणको लागि आवश्यक सामग्री उपलब्ध गराएका छन् । त्यसको लागि म हाम्रो विद्यालय संस्थाप्रति आभारी छु ।’ उनले भने । कापी–कलम अभियानको उद्देश्य आर्थिकरूपमा कमजोर रहेका विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रस्ट पारे । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया