Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनको समय थपियो, विजेतालाई सात लाख

ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनको समय थपियो, विजेतालाई सात लाख


काठमाडौँ ।
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो ।

ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर सात लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए । यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो । प्रथम पुरस्कारको राशि दुई लाख रुपैयाँ तोकिएको थियो । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ । मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुनेछ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुनेछ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए । ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् । विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया