Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना कहर र राजनीतिक गतिरोधको बीचमा नया“ वर्ष २०७८

कोरोना कहर र राजनीतिक गतिरोधको बीचमा नया“ वर्ष २०७८


कोरोना महामारीले विश्वभर आतंक फैलाउँदा प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरलाई समेत तहसनहस नै बनाएको थियो । त्यसबाट हाम्रो देश नेपाल समेत अछूतो रहन सकेन । २०७६ को चैत ११ देखि सुरु भएको लकडाउनले २०७७ सालको सुरुदेखि नै मुलुक लकडाउनमा गएको थियो । उद्योगधन्दा कलकारखाना, स्कुल, कलेजलगायत सम्पूर्ण ठप्पप्रायः भएका थिए । पछिल्लो समय नयाँ वर्ष २०७८ आउनै लाग्दा अहिले पनि कोरोनाको कहर साम्य हुनसकेको छैन । जस्तो जे भए पनि आजबाट हामीबीच २०७७ साल विदा भएको छ । यो वर्षको सुरुदेखि नै राजनीतिक र आर्थिक रुपमा उथलपुथल भएका छन् ।

सरकार भने सदीयौँदेखि भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको भन्दै बडो गौरव गरिरहेको छ । तर यसमा सरकारले गौरव गर्नु व्यर्थ हुने तर्क पनि हुनथालेको छ । किनभने यस विषयमा नेपालको इतिहासमै पहिलोपटक सबै राजनीतिक दलहरुले राष्ट्रिय सहमति कायम गरेको विषयमा सबै नेपाली जानकार नै रहेको अवस्थामा सरकारले मात्र जस लिनु मनासिब हुँदैन । सबै दलले समर्थन गरेका कारण सीमाजस्तो सार्वभौमिकतासँग जोडिएको अतिसंवेदनशील विषयमा राष्ट्रिय सहमति कायम भएको थियो । जसको परिणामस्वरुप अतिक्रमणविरुद्ध संघीय संसद्का दुवै सदनबाट एकमतका साथ संविधान संशोधन भएको हो ।

कोरोनाको कहरबाट थलिएको मुलुकमा विस्तारै लयमा फर्किएको उद्योग व्यापारदेखि औद्योगिक वातावरण धमिल्याउने अभिप्रायले घोषणा गरिएको निर्वाचनलाई अस्वीकार गर्दै प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य समेत संकटमा पर्न पुगेको थियो । यो पाटोलाई २०७७ को सकारात्मक पाटोका रुपमा चित्रण गर्न पनि सकिन्छ ।

यसबाहेक २०७७ लाई राजनीतिक रुपम उथलपुथल र कोरोना कहरको वर्षका रुपमा लिँदा फरक पर्दैन । विशेष गरी सत्तारुढ दलभित्रको आन्तरिक किचलो बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै मुलुक अन्योलको भूमरीमा फस्नपुगेको कुरालाई कसैले पनि नकार्नसक्दैन । जुन नयाँवर्षको आगमसँगै अझै पनि अन्योलको अवस्थामै छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा दिए पनि त्यसअनुसारको काम गर्न नसकेको भन्दै सरकारको आफ्नै पार्टीभित्र चर्को आलोचना भइरहेको छ ।

देश अहिले पनि कोरोनाको कहर र एक प्रकारको राजनीतिक गतिरोधबाट गुज्रिरहेको अवस्थामा छ । हामी २०७७ को राजनीतिक गतिरोध नसकिएरै २०७८ मा प्रवेश हुँदै छौँ । यो राजनीतिक गतिरोधले २०७८ लाई पनि बिथोल्ने स्पष्ट संकेतहरु देखिएका छन् । तथापि राजनीतिक दललाई सुझबुझका साथ अर्थतन्त्रलाई चलायमान बनाउने काममा सद्बुद्धि देओस् भन्ने हाम्रो शुभकामना छ । २०७७ साल पूरा राजनीतिक गतिरोध र कोरोनाका कहरमै बित्यो ।

अझै पनि सरुढ दल नेकपाको त्ताआन्तरिक विवादले सुरु भएको गतिरोधले कहिले निकास पाउँछ । यो वर्ष सकिएर नयाँ वर्ष सुरु हुँदासम्म कुनै स्पष्ट खाका नआउँदासम्म उद्योग व्यवसायको हालत कहाँ पुग्ने हो भन्ने कुराको एकीन गर्न सकिरहेको अवस्था छैन । तथापि आजको यस नयाँ वर्षसँगै आएको प्राकृतिक विपद्को कडारुपमा मुकाबिला गर्दै रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि गर्दै सुस्वास्थ्य मापदण्डको पालना गरेर एक आपसमा शुभकामना आदानप्रदान गरौँ । सबैमा शुभकामना छ !


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया