Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘पढाइको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

‘पढाइको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक


काठमाडौं ।
एस्ट्रिक टेक्नोलोजीले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ । कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो । प्रविधिको युगमा यस्तो विषम परिस्थितिमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु-याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो । ‘पढाइको नयाँ फण्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ ।

के हो मेरो स्कुल ? मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित पाँच हजारभन्दा धेरै भिडियोहरु पाइनेछ । यसका साथै यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सकिनेछ । यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् ।

शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्सलगायतका कोर्सहरू पनि पाउन सकिनेछ । यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा एक महिनाको लागि ट्युटोरियल भिडियोहरु निःशुल्क हेर्न सकिनेछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्युइङ फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामग्रीहरु आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया