Techie IT
×
गृहपृष्ठनेपालतेलको गुणस्तर मापदण्ड निर्धारण

तेलको गुणस्तर मापदण्ड निर्धारण


काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न तेलको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । सोही क्रममा विभागले तोरी, रायो, बदाम, भटमासलगायतका तेलहरुमा हेक्साब्रोमाइड टेस्ट, रिफ्याक्टिभ इन्डेक्स, स्यापोनिफिकेसन भ्यालु, आयोडिन भ्यालु, स्यापोनिफाइ नहुने पदार्थ, एसिड भ्यालूलगायतका पदार्थहरुको मात्रा निर्धारण गरेको छ । यदि खाद्यले तोकेअनुरुप तेलमा उक्त पदार्थहरु रहेमा उक्त तेल तथा तेलजन्य पदार्थहरु सर्वसाधारणले दैनिक जीवनमा उपभोग गर्न सक्नेछन् ।

तोरीको तेलमा भने रिफ्याक्टिभ इन्डेक्स एक दशमलव ४६ देखि एक दशमलव एक दशमलव ४६ सम्म, स्यापोनिफिकेसन भ्यालु एक सय ६८ देखि एक सय ७७, आयोडिन भ्यालु ९६ देखि एक सय १२ सम्म, स्यापोनिफाइ नहुने पदार्थ १२ ग्राम प्रतिकेजी तेलमा नबढेको, एसिड भ्यालु छ मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम तेलमा नबढेको, बेलियर टेस्ट (टर्बिडिटी टेम्परेचर २७ दशमलव पाँच डिग्री सेन्टिग्रडबाट ननाघेको र हेक्साब्रोमाइड टेष्ट (दुई घण्टाको अवधिमा) नेगेटिभ हुनुपर्नेछ ।

यति मात्र नभई दैनिक उपभोग गर्नका लागि तोरीको तेल -यान्सिड दुर्गन्ध नभएका (अक्सिडाइज्ड हुनाको कारणले), पानी छुट्टिने गरी जलांश नभएको, अप्रासांगिक बाहिरी रंग, गन्ध, एसेन्स नहालेको र कसर मैलारहित स्वच्छ सफा हुनुपर्नेछ । विभागले तोरीको तेल मात्र नभई रायो, तोरी, भटमास, सूर्यमुखीलगायत तेल तथा तेलजन्य पदार्थको पनि गुणस्तर निर्धारण गरेको छ ।

रायो, तोरी, भटमास, सूर्यमुखीलगायत तेल तथा तेलजन्य पदार्थहरु दुर्गन्ध नभएको (अक्सिडाइजको कारणले), पानी छुट्टिने गरी जलांश नभएको, अप्रासांगिक बाहिरी रंग, गन्ध, एसेन्स नहालेको एवं कसर मैलारहित स्वच्छ सफा हुनुपर्ने हुन्छ । रायो, तोरीलगायतका तेलमा रिफ्याक्टिभ इन्डेक्स एक दशमलव ४६ देखि एक दशमवलव ४६ सम्म, स्यापोनिफिकसन भ्यालु एक सय ६८ देखि एक दशमलव ९३, आयोडिन भ्यालु ९४ देखि एक सय २६ सम्म, स्यापोनिफाइ नहुने पदार्थ २० ग्राम प्रतिकेजी तेलमा नबढेको, एसिड भ्यालु शून्य दशमलव पाँच मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम तेलमा नबढेको, पेरोक्साइड भ्यालु १० मिलि इक्वीभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रतिकेजी तेलमा नबढेको र हेक्साब्रोमाइड टेस्ट नेगेटिभ हुनुपर्नेछ ।

यस्तै भटमासको तेलमा रिफ्याक्टिभ इन्डेक्स एक दशमलव ४६ देखि एक दशमलव ४७ सम्म, स्यापोनिफिकेसन भ्यालु एक सय ८९ देखि एक सय ९६, आयोडिन भ्यालु एक सय २० देखि एक सय ४० सम्म, स्यापोनिफाइ नहुने पदार्थ १५ ग्राम प्रतिकेजी तेलमा नबढेको, एसिड भ्यालु दुई दशमलव पाँच मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम तेलमा नबढेको, पेरोक्साइड भ्यालु १० मिलि इक्वीभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रतिकेजी तेलमा नबढेको र फोस्फोरसको मात्र शून्य दशमलव शून्य दुई प्रतिशतमा नबढेको हुनुपर्नेछ ।

यस्तै पाम आयाल, बदामको तेललगायतमा पनि हेक्साब्रोमाइड टेस्ट नेगेटिभ, रिफ्याक्टिभ इन्डेक्स, स्यापोनिफिकेसन भ्यालु, आयोडिन भ्यालु, स्यापोनिफाइ नहुने पदार्थ, एसिड भ्यालुलगायतका पदार्थहरु मापदण्डअनुरुप हुनुपर्ने बताइएको छ । यस्तै पछिल्लो समय विभागले फलफूल र तरकारीमा समेत गुणस्तर निर्धारण गरेको जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पछिल्लो समय अन्तर्राष्ट्रिय मापदण्डअनुरुप फलफूल, तरकारी, तेल, खाद्यन्नलगायतको सामग्रीको गुणस्तर निर्धारण गरिएको बताए । यसअघि भारतको मान्यताअनुरुप अघि बढ्नेगरेकोमा हाल भने अन्तर्राष्ट्रिय मापदण्डअनुरुप खाद्यन्न, तेलहन, तरकारीजन्य पदार्थको गुणस्तर निर्धारण गरेको उनको भनाइ छ । यस्तै विभागले तिलको तेल, मकैको, सूर्यमुखी, जैतुन, कुसुम, प्रशोधित वनस्पती तेल र वनस्पती घ्यूमा समेत मापदण्ड तोकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया