Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालघरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ


काठमाडौं ।
काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुँटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं. ९ बस्ने नमराज अधिकारी र रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं. ९ बस्ने रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तविक नम्बरप्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिँडेको अवस्थामा उनीहरूलाई ट्राफिक प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्बरको २२० सीसीको कालो रातो रङ्गको पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । पक्राउ भएको मोटरसाइकल गत चैत २७ गते तारकेश्वर नपा–६, पैयुँटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. चार घर भएका राजु तामाङले महाशाखामा उजुरी दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका तीन सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरूमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया