Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ


मोरङ ।
सशस्त्र प्रहरी बलले स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो । विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरूलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूमाथि शंका लागि जाँच गर्दा उनीहरूको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । एपीएफ टोलीले यादवको साथमा पाँच लाख रुपैयाँ र चौधरीको साथमा छ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया