Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडुडुवाको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

डुडुवाको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग


बाँके ।
डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डलाई व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई बिहीबार विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान हस्तान्तरण गरे ।

सामग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डका बिरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गरे । पालिकामा सञ्चालित आपत्कालीन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रमअन्तर्गत सञ्चालित आइसोलेसन सेन्टरका लागि उक्त सामग्री हस्तान्तरण गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये दुई जना आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् भने ७६ जना होम आइसोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार होम आइसोलेसनमा बस्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिने उनले बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया