Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसंक्रमित बढेपछि आइसोलेसन थप्दै प्रशासन

संक्रमित बढेपछि आइसोलेसन थप्दै प्रशासन


दोलखा ।
जिल्लामा दोस्रो लहरको कोरोना भाइरस संक्रमितको संख्या वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले थप दुई ठाउँमा आइसोलेसन निर्माण गर्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितको व्यवस्थापन तथा उपचार गर्नको लागि सदरमुकाम चरीकोटमा रहेको महिला बालबालिका कार्यालयको भवन र भीमेश्वर नगरपालिकाको आईओएमको खाली भवनलाई आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्लामा पछिल्ला दिनमा दैनिक संक्रमित थपिरहेकाले आइसोलेसन थप गर्ने निर्णय भएको हो । जिल्लाना हालसम्म पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमित हुनेको संख्या पाँच सय १० पुगेको छ ।

यस्तै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ५४ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा हाल पाँच ठाउँमा आइसोलेसन निर्माण गरिएको छ । अब निर्माण हुने दुईवटा आइसोलेसनले सात ठाउँमा पुग्नेछ ।

हाल सयभन्दा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् । सात जना संक्रमित जिल्लाका भिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाका नौवटै स्थानीयतहले एक सय ७९ बेडका क्वारेन्टाइन निर्माण गरेका छन् । त्यसैगरी जिल्ला प्रशासनको बैठकले जिल्लाका नौवटै स्थानीय तहमा संक्रमितको स्वास्थ्य चेकजाँच गर्न नौ जना स्टाफ नर्स खटाउने निर्णय गरेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया