Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल बिल्ड टेक एक्स्पो माघ ३ देखि

नेपाल बिल्ड टेक एक्स्पो माघ ३ देखि


काठमाडौं, माघ १
नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सयभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको तयारी लगभग पूरा भएको महासंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

महासंघका अनुसार साधारणसभाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट हुनेछ । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन र पूरा हुन बाँकी रहेका अन्य विषयमा साधारणसभामा छलफलभई महासंघको भक्तपुर घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए । दाहालका अनुसार साधारणसभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन

गरिएको छ । सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोखरेलबाट निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । साधारणसभाको सहआयोजकको रूपमा भक्तपुर जिल्ला निर्माण व्यवसायी संघ रहेको छ । साधारणसभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ सम्म साधारणसभास्थल भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया