Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


काठमाडौं ।
नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । मंगलबार परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

दुई करोड रुपैयाँ बराबरको सो सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामग्रीहरुले अक्सिजन सिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए । त्यस्तै सामग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका बखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए ।

राष्ट्रको संकटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पु¥याएकोमा परिसंघले होङ्शी–शिववम् सिमेन्ट परिवारलाई धन्यवाद समेत दिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ । दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गइरहेको छ ।

अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ । त्यस्तै कोभिडका बिरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन सिलिन्डरको समेत अभाव भइरहेको अवस्था छ । यस्तो आपत्कालीन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वान समेत गरिसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया