Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपाँच सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पाँच सय ४७ थान अक्सिजन सिलिन्डर संकलन


काठमाडौं ।
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । तीमध्ये एक सय ८३ भरिएका र तीन सय ६४ खाली सिलिन्डर रहेका छन् ।

संकलन गरिएका सिलिन्डरमध्ये पाँच सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरू जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिनेछ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कबाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई प्रहरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया