Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयात्रु ठग्ने दुई जना पक्राउ

यात्रु ठग्ने दुई जना पक्राउ


काठमाडौं ।
यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुई जनालाई कलंकी र बसपार्कबाट प्रहरीले पक्राउ गरको छ । उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यकाबाहिरका जिल्ला जाने यात्रुहरूसँग बढी भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए । त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीया कृष्ण चौधरीलाई समेत बुधबार प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाएको छ ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरूसँग प्रतिव्यक्ति २५ सयदेखि तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरी हालसम्म प्रहरीले २८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । निषेधाज्ञापश्चात् गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया