Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैतेश्वरका ३६ सय विद्यार्थीलाई स्कुल ड्रेस

बैतेश्वरका ३६ सय विद्यार्थीलाई स्कुल ड्रेस


दोलखा, माघ २
३१ वटा सामुदायिक विद्यालय रहेको बैतेश्वर गाउँपालिका सरकारी विद्यालयका विद्यार्थीले गाउँपालिकाको सहयोगमा एकै किसिमको स्कुल डेस पाएका छन् । बैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयका विद्यार्थीहरुलाई ‘ट्र्याक सुट’ वितरण गर्न गत महिनाको असोजमा सूचना सार्वजनिक गरेर टेन्डर गर्न सूचना जारी गरेर कात्तिक महिनामा खोटाङ हलेसी सप्लायर्सलाई ट्र्याक सुट सिलाउने जिम्मा दिएको करिब दुई महिना पछि ३६ सय विद्यार्थीले एकै किसिमको स्कुल ड्रेसमा लगाउन पाएको बैतेश्वर गाउपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए।

जिल्लाको नियमित रूपमा नमूना विद्यालय घोषण हुँदै आएको हनुमन्तेश्वर माविका करिब छ सय विद्यार्थीले एकै किसिमको विद्यालय स्कुल ड्रेसमा लगाउन पाएकोमा सानो कक्षाका विद्यार्थीहरु खुसी भएर विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले जानकारी दिएयता बैतेश्वर ८ को क्षेत्रवति माविका ४ बिद्यार्थीलाई न्यानो विद्यालय पोसाक सहयोग गरेकोमा गाउपालिकाले नमूना काम गरेको भन्दै विद्यालयका प्राध्यापक पदम जिरेले गाउँलाई धन्यवाद दिएका छन् ।

गाउँपालिकाले सानो कक्षादेखि कक्षा १० सम्मका ३ हजार ६ सय १० जना विद्यार्थीलाई एकै किसिमको विद्यालय ड्रेस वितरण गर्न चालू वर्षको बजेटबाट ४० लाख बजेट विनियोजन गरेर खोटाङ हलेसी सिलाइ कम्पनीलाई भ्याट सहित ३३ लाखमा ड्रेस तयार गरेको गाउँपालिका अधिकृत अर्जुन खड्काले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया