Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्लब हिमालय बाइ एस होटल २५औँ वर्षमा

क्लब हिमालय बाइ एस होटल २५औँ वर्षमा


काठमाडौं ।
भक्तपुरको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर संचालनमा आएको थियो । रिसोर्टको उदघाटन तत्कालीन पर्यटनमन्त्री चक्र बाँस्तोलाले गरेका थिए । समुद्री सतहदेखि सात हजार दुई सय फिटको उचाइमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दूरीमा छ । रिसोर्टमा स्ट्यान्डर्ड, डिलक्स र डिलक्स प्रिमियमलगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन् । रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हललगायतका सेवा सुविधा छ ।

नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको सुरुवाती दिनदेखिकै साक्षीका रुपमा रहेको यो होटल एस होटल समूहले सञ्चालन गर्दै आएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेसन विकासमा समेत मुख्य भूमिका क्लब हिमालयको रहेको छ ।

होटल व्यवसायी योगेन्द्र शाक्यका अनुसार सन् १९६०÷०७० मा अधिकांश हिप्पीहरु सूर्योदय हेर्नकै लागि अघिल्लो दिन नै टेन्ट, ह्यासिस लिएर अनकन्टार र नांगेडाँडा ‘बतासेडाँडा’ पुग्ने गर्दथे । रातभर गीत गाउँदै, नाच्दै समय कटाइसकेपछि उनीहरु बिहान सूर्योदयको दृश्यावलोकन गर्थे । काठमाडौंको द रोयल होटल, सोल्टी, अन्नपूर्णलगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडीमार्फत डेढ घण्टाको कच्ची बाटो हुँदै ५ बज्नुअघि नै बतासेडाँडा पु¥याइन्थ्यो । त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो ।

नगरकोट प्रतिपर्यटकको झुकाव देखेर एस होटलले सन् १९८० मा बतासेडाँडामा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर तत्कालीन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासेडाँडादेखि महांकालडाँडा सुटिङ अभ्यास रेन्जका रूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो । यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मात्र नभएर बतासेडाँडामा रिसोर्ट स्थापना तथा सञ्चालनमा ल्याउन सहज थिएन । नगरकोटलाई पर्यटकीय गन्तव्यमा रुपान्तरणका गर्नका लागि तत्कालीन श्री ५ को सरकारलाई विश्वस्त पारेर सहयोग लिनका लागि धेरै मिहिनेत गर्नुपरेको उनी सम्झिन्छन् ।

उनका अनुसार क्लब हिमालय सञ्चालनका लागि उनीलगायत हङकङका लगानीकर्ता स्टानले केसी वङ, नेपाल माउन्टेनरिङ एसोसिएसनका तत्कालीन अध्यक्ष कुमार खड्गविक्रम शाहलाई अनुमति दिएको थियो । क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँसमेतको साझेदारीमा रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ । होटल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८८ मै जग्गा खरिद गरेका थिए । ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया